images
images
  • आजको मौसम: देशभर बदली, यी क्षेत्रमा हुनेछ भारी वर्षा

    काठमाडौं- अहिले देशका केही स्थानमा वर्षा भइरहेको छ भने धेरै स्थानको मौसम बदली भएको छ । न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेकाले वर्षा भएको हो ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभर सामान्य देखि पूर्ण बदली रही लुम्बिनी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानमा मेघगर्जन रचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

    दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू(भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपासमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images