images
images
  • गृह जिल्ला अछम पुगेर मन्त्री कुँवर भने- ‘दुर्गम र विकट क्षेत्रको विकास नै देश विकास हो’

    अछाम- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर गृह जिल्ला अछाम पुगेका छन् । मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला पुगेका कुँवरलाई जिल्लावासीले भव्य स्वागत गरेका छन् ।

    जिल्लाको चौरपाटि गाउँपालिकाको चौंखुट्टे बजार मार्कु र साँफेबगर नगरपालिकाको साँफे बगरमा अछामी जनताले मन्त्री कुँवरको भव्य स्वागत गरेका हुन् । स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री कुँवरले देशको चौतर्फी विकासका लागि देशका सबै राजनीतिक दल एक भएर लाग्नु पर्नेमा जोड दिए ।

    295134145 567532118357739 8933512087789144249 n

    देशका दुर्गम र विकट क्षेत्रको विकास नै देशको विकास भएकाले यसतर्फ तिनै तहको सरकारको ध्यान जानुपर्ने मन्त्री कुँवरले बताए ।

    सुदूरपश्चिम प्रदेश र त्यसमा पनि अछाम लगायतका पहाडी जिल्लाहरुमा अझै पनि जनता स्वास्थ्य, शिक्षा, यातायात, खानेपानी, रोजगार, विपद लगायतका समस्यामा रहेकाले यसतर्फ स्थानिय र प्रदेश सरकारले बढि ध्यान दिनुपर्ने उनको भनाई छ ।

    हरेक श्रमको सम्मान गर्नुपर्ने बताउँदै मन्त्री कुँवरले देशभित्रै रोजगारीको शृजना गरि युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न सके मात्रै देशले विकासको फड्को मार्ने बताए ।

    Mantri kuwer 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images