images
images
  • कोरोनाबाट एकैदिन दुई जनाको मृत्यु, थपिए ३४७ संक्रमित

    काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३४७ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

    तीन हजार ८८८ वटा नमुना परीक्षण गर्दा ३४७ जनामा संक्रमण पुष्टि भएको हो ।

    आज संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । यो सँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ । त्यस्तै आज ९५ जना संक्रमणमुक्त भएका छन् ।

    यो सँगै देशभर सक्रिय संक्रमितको संख्या तीन हजार १७७ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images