images
images
  • आजको मौसम: यी प्रदेशमा भारी वर्षा

    काठमाडौं- जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का केही भूभागमा सामान्य देखि पूर्ण बदली रही मेघगर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

    देशका अन्य भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।

    दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपासमा रहेको छ ।

    यस्तो छ भोलि र पर्सिको पूर्वानुमान :-

    aaa 1 1

     

    प्रतिक्रिया दिनुहोस्