images
images
  • पहिरोका कारण लमजुङ र नुवाकोटमा सडक अवरोध

    काठमाडौं- अविरल वर्षापछि आएको पहिरोका कारण लमजुङ र नुवाकोटामा सडक अवरोध भएको छ ।

    लमजुङको बेसिशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा शुक्रबार बिहान पहिरो जाँदा डुम्रे–बेसिशहर सडकखण्ड अवरोध भएको छ ।

    अस्थायी प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

    नुवाकोटको शिवपुरी गाउँपालिका–६ गुर्जेभन्ज्याङस्थित टोखा–छहरे सडकमा शुक्रबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ ।

    अस्थायी प्रहरी पोष्ट गुर्जेबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images