images
images
  • बेलुकाको खानासँग दैनिक बियर पिउनु फाइदाजनक

    काठमाडौं- हरेक दिन बियर पिउँदा तपाईंको स्वास्थ्यमा सुधार आउन सक्छ । यो दाबी पोर्चुगलको नोवा युनिभर्सिटी लिस्बनका वैज्ञानिकले एक अनुसन्धानमा गरेका हुन् । त्यहाँका वैज्ञानिकका अनुसार रातीको खानासँग दैनिक बियर पिउँदा पुरुषहरुको पेटमा गुड ब्याक्टेरियाको स्तर बढ्ने गर्छ । यो फाइदा अल्कोहोलिक र नन–अल्कोहोेलिक बियर दुबै पिउँदा हुन्छ ।

    यसरी भयो अनुसन्धान
    – अनुसन्धानमा १९ वयस्क पुरुषलाई समावेश गरियो । उनीहरुको औसत उमेर ३५ वर्ष थियो ।

    – सबैलाई दैनिक चार हप्ताका लागि रातीको खानासँग ३२५ मिलिलिटर लेगर पिउन भनियो । लेगर एक प्रकारको बियर हो ।

    – सहभागीमध्ये केहीलाई अल्कोहोलिक र कोहीलाई नन–अल्कोहोलिक बियर दिइयो ।

    – अल्कोहोलिक लेगरमा अल्कोहोलको मात्रा ५।२ प्रतिशत थियो । यस्ता बियरलाई स्ट्रङ्ग क्याटगोरीमा राखिन्छ ।

    – ट्रायलको चार हप्तापछि यी पुरुषको दिसा र रगतको स्याम्पल लिइयो ।

    यस्तो देखियो नतिजा
    जर्नल अफ एग्रीकल्चरल एन्ड फूड केमिस्ट्रीमा प्रकाशित यो अनुसन्धानको नतिजाले बियर पिउँदा आन्द्रामा राम्रो ब्याक्टेरियाको मात्रा बढ्ने बतायो । यी ब्याक्टेरिया थप बढी विविध हुन्छ । यसले पूरा पाचन प्रणालीको स्वास्थ्यमा सुधार ल्याउँछ ।

    वैज्ञानिकले अर्को पत्ता लगाएको कुरा के हो भने दिनदिनै बियर पिउँदा कसैको तौल वा बडी मास इन्डेक्स बढ्दैन । न नै रगत, मुटु र मेटाबोलिजमसँग सम्बन्धित कुनै समस्या नै हुने गर्छ ।

    बियरले कसरी बढाउँछ गुड ब्याक्टेरिया ?
    वैज्ञानिकका अनुसार बियरमा पोलिफेनोल्स नामको तत्व र कुहिने प्रक्रियापछि बन्ने सूक्ष्म जीव हुन्छन् जसले आन्द्रामा गुड ब्याक्टेरियालाई बढाउँछ । स्वास्थ्य विज्ञका अनुसार शरीरमा विभिन्न खालका ब्याक्टेरिया हुन आवश्यक छ । यस्तो नहुँदा हृदय रोग र मधुमेहलगायत थुप्रै स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुनसक्छ । एजेन्सी

    प्रतिक्रिया दिनुहोस्