images
images
  • माध्यमिक तहको शिक्षक लाइसेन्स नतिजा सार्वजनिक: २३ हजार ७२ उत्तीर्ण, ४३९ जनाको परीक्षा रद्ध

    काठमाडौं- शिक्षक सेवा आयोगले माध्यमिक तह, अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ। देशभरबाट २३ हजार ७२ जना पास भएको आयोगले जनाएको छ।

    आयोगले प्रदेशस्तरको नतिजा सार्वजनिक गरेको हो

    आयोगका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ७ हजार १ सय ४५ जना उत्तीर्ण भएका छन्। बागमतीमा १ सय ८ जनाको परीक्षा रद्ध गरिएको छ।

    यस्तै, प्रदेश १ मा ३ हजार ८ सय ८२ उत्तीर्ण भएका छन्। प्रदेश १ मा ४३ जनाको परीक्षा रद्ध गरिएको छ। मधेश प्रदेशमा १७ सय २० जना उत्तीर्ण भएका छन्। ९६ जनाको परीक्षा रद्ध गरिएको छ।

    गण्डकी प्रदेशबाट २६ सय ४५, लुम्बिनीबाट ३९ सय ७३, कर्णाली प्रदेशबाट १६ सय ४६ र सुदूरपश्चिमबाट दुई हजार ६१ जना उत्तीर्ण भएका छन्।

    आयोगका अनुसार गण्डकीमा ३६, लुम्बिनीमा ६५, कर्णालीमा ३९ र सुदूरपश्चिममा ५२ जनाको परीक्षा रद्ध भएको छ।

    आयोगले असार १८ गते देशभरबाट माध्यमिक तह शिक्षण अध्यापन अनुमति पत्रको परीक्षा लिएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images