images
images
  • अर्घाखाँचीमा बाँदर धपाउने क्रममा एक जनाको मृत्यु

     अर्घाखाँची- अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ केरुगामा बाँदर धपाउने क्रममा सोमबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टङ्क खनाल रहेका छन् ।

    बारीमा पसेको बाँदर धपाउने क्रममा खनाल घाइते भएको स्थानीय गिरिबाबु खनालले जानकारी दिए ।

    गम्भीर घाइते उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images