images
images
  • भुमिकास्थानमा पाथीभरामाताको मुर्ति स्थापना

    अर्घाखाँची- अर्घाखाँचीको भुमिकास्थान-१०, धनचौर–सेङलेङ्गमा पाथीभरामाताको मूर्ति अनावरण गरिएको छ । १८५४ सालमा पाथिभरामाताले पाइला टेकेको किम्वदन्तीअनुसार सेङलेङ्गको टापुमा पाथीभरा मन्दिर स्थापना गरिएको हो । योसँगै पर्यटकको भित्र्याउने लक्ष्य लिइएको छ ।

    श्रीपञ्चमीको अवसर पारेर आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी र भुमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापाले पाथीभरा माताको मूर्ति अनावरण गरेका हुन् ।

    रायमाझीले अर्घाखाँचीको धार्मिक पर्यटन प्रवद्र्धन र आर्थिक विकासमा पाथीभरा मन्दिरले महत्वपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरे ।

    भुमिकास्थान नगरप्रमुख थापाले प्रसिद्ध सुपादेउराली मन्दिर आउने दर्शनार्थीलाई ल्याउने गरि पाथिभरामाताको मूर्ति स्थापना गरेको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images