images
images
  • अर्घाखाँची पहिरोमा पुरिएर घाइते भएका तीनै बालबालिकाको मृत्यु

    अर्घाखाँची- अर्घाखाँचीको पणेनामा पहिरोमा पुरिएर घाइते भएका ३ जना बालबालिकाको मृत्यु भएको छ। पहिरोमा पुरिएर घाइते भएका ४ बालबालिकामध्ये ३ जनाको मृत्यु भएको हो।

    पाणिनि १ पणेनाको गोहनपानीमा मंगलबार बिहान घरमाथिबाट खसेको पहिरोमा परी घाइते भएका तीनै बालबालिकाको मृत्यु भएको पाणिनि गाउँपालिकाका निवर्तमान अध्यक्ष अच्युत गौतले पुष्टि गरे।

    मृत्यु हुनेमा ११ वर्षीया अन्जु रास्कोटी, १० वर्षीय धनबहादुर रास्कोटी र १२ वर्षीय खुमबहादुर रास्कोटी रहेको गौतमले जानकारी दिए। घाइते बालबालिकालाई उपचारका लागि पोखराथोक स्वास्थ्य चौकीमा पठाएको थियो।

    पहिरोमा च्यापिएका ३ जनाको अचेत अवस्थामा र एकको सकुशल उद्दार गरिएको थियो। १४ वर्षीय सचिन रास्कोटीको सकुशल उद्धार गरी उपचारका लागि पाल्पा पठाइएको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images