images
images
  • अर्घाखाँचीमा पहिरोमा पुरिएर ४ बालबालिका घाइते

    अर्घाखाँची- अर्घाखाँचीको पणेनामा पहिरोले घर पुरिएर ४ जना बालबालिका घाइते भएका छन् ।

    पाणिनि १ पणेनाको गोहनपानीमा घरमाथिबाट खसेको पहिरोमा च्यापिएर ३ जना बालबालिका अचेत अवस्थामा रहेको र उनीहरूलाई उपचारका लागि पोखराथोक स्वास्थ्य चौकीमा पठाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले जानकारी दिए। उनीहरूको अवस्था गम्भीर रहेको छ ।

    एक १४ वर्षीय बालकको भने सकुशल उद्दार गरिएको वडा अध्यक्ष कमल पोख्रेलले बताए । उनलाई उपचारका लागि पाल्पा पठाइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images