images
images
  • रोल्पाको मकैबारीमा ६८ वर्षीय पुरुष मृत भेटिए

    रोल्पा- रोल्पामा एक व्यक्ति मृत भेटिएका छन् । रुन्टीगढी गाउँपालिका-२ धैरेनीका ६८ वर्षीय लक्ष खत्री मृत फेला परेका हुन् ।

    प्रहरीका अनुसार मृतकको शव रुन्टीगढी गाउँपालिका-४ सुर्पालस्थित युवराज रानाको मकैवारीमा फेला परेको हो ।

    घटनावारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images