images
images
  • रोल्पामा जिप दुर्घटना: ८ जनाको मृत्यु

    काठमाडौं- रोल्पाको घर्तीगाउँबाट तालावाङतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ । दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    पाँच जना गम्भीर घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घाइतेको घर्तीगाउँ अस्पतालमा उपचार भइरहेको छ।

    लु १ ज ३२५२ नम्बरको जिप माडी गाउँपालिका वडा नं। ४ स्थित परेवा छहरामा करिब ४०० मिटर तल खसेको हो ।

    अगाडि पहिरो झदै गरेको अवस्थामा ड्राइभरले गाडि रोकेर पहिरो हेर्न जाँदा गाडि पछाडि सरेको र ड्राइभरले ब्रेक लगाउन नपाउँदै गाडि बाटोदेखि तल झरेको जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images