images
images
  • कोरोना अपडेट : थप २०५ जनामा सङ्क्रमण पुष्टि

    काठमाडौं- नेपालमा थप २०५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ९० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५२ तथा एन्टिजेन विधिबाट ५३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसमध्ये काठमाडौँ जिल्लामा सर्वाधिक ८२ जनामा सङ्क्रमित फेला परेका छन् ।

    पछिल्लो २४ घण्टामा ५१ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ३८५ पुगेको छ । थप सङ्क्रमितको मृत्यु भने भएको छैन । यही अवधिमा १ लाख ८२ हजार ९८९ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images