काठमाडौं- भक्तपुरको सूर्यविनायक नगरपालिका चित्तपोलस्थित साविक १ नम्बर वडामा रहेको जग्गाको कित्ता नम्बर ३०९ रहेको छ । सो कित्तामा १५ आना जग्गा छ । १५ आना मध्येबाट कित्ताकाट गरेर ४ आना र ३ आनाको दरले ‘पास गरिदिन्छु’ भनेर खोटाङका मौल ध्वज राईले धेरै मानिसबाट बैना लिएको थाहा भएको छ ।
ललितपुरको भैंसेपाटी बस्ने मौलध्वज राईले ‘बज्रबाराही हाउजिङ्ग कम्पनी’ को नाममा आफ्नो एकल स्वामित्वमा भक्तपुर मालपोत कार्यालयमा जग्गा दर्ता रहेको कागजमा उल्लेख गरेका छन् । तर, बैना कागज गरेर लाखौं रकम लिएपनि २०७४ सालदेखि सो जग्गा उनले पास गरिदिएका छैनन् । एउटै जग्गा उनले ६ जनालाई दिन्छु भनेर बैना लिएर ठगेको पीडितहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















