images
images
  • बाल यौन दुरुपयोगको आरोपमा वडाध्यक्ष पक्राउ

    काठमाडौं- मकवानपुरको कैलाश गाउँपालिका–९ का वडाध्यक्ष भुवन सिंह घलान बाल यौन दुरुपयोगको आरोपमा पक्राउ परेका छन् ।

    मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले वडाध्यक्ष घलानलाई पक्राउ गरेको जानकारी दिए । शुक्रबार जिल्ला अदालत मकवानपुरले उनीविरुद्ध पक्राउ पूजी जारी गरेको थियो ।

    विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागी हुन हेटौंडा आएका कैलाश गाउँपालिकाको एक विद्यालयमा अध्ययनरत विद्यार्थीमाथि वडाध्यक्ष घलानले १८ असार बाल यौन दुरुपयोग गरेको आरोप छ ।

    पीडित विद्यार्थीको तर्फबाट शुक्रबार जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images