images
images
  • १६ वर्षीया किशोरी बलात्कृत भएपछि…

    भक्तपुर- भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने २७ वर्षीय टिका राज कटुवाललाई आइतबार पक्राउ गरेको छ ।

    ती किशोरीलाई सूर्यविनायक नगरपालिका–१० चित्तापोलस्थित एक रिसोर्टमा कुटवालले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    उक्त खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images