बाजुरा- बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरु बिजयी भएको छन ।
नगर प्रमुखमा राम बहादुर बानिया र नगर उप प्रमुखमा माया कुमारी खड्का (कुवँर) बिजयी भएका छन । उनले गठबन्धनका उम्मेदवारलाई हराउदै नगर प्रमुख र उपप्रमुखमा बिजयी भएका हुन।
नगर प्रमुखका उम्मेदवार बानियाँले ४ हजार ७ सय ७७ मत ल्याएर बिजयी भएका छन भने उप प्रमुख कुवँरले ४ हजार ७ सय २७ मत ल्याएकी छन ।
उनका निकटतम प्रतिदन्द्धी नेपाली काँग्रेसका नगर प्रमुख रङ्ग बहादुर खातीले ३ हजार ७ सय ७४ मत ल्याएर पराजीत भएका छन् ।काँग्रेसका उप प्रमुखकी उम्मेदवार रिता शाही (शाह)ले ३ हजार ७ सय ५५ मत ल्याएर पराजित भएकी छन ।
विजयी नगरप्रमुख बाँनिया र उपप्रमुख कुवर २०७४ सालको स्थानिय चुनावमा सोही पदमा काँग्रेस सँगै पराजय भएका थिए । काँग्रेसले दुबै पदमा नयाँ अनुहारलाइ टिकट दिएको थियो, भने एमालेले २०७४ सालका उम्मेदवारलाइ नै टिकट दिएको थिए ।
७ वडाध्यक्षमा विजयी:

१० ओटा वडा रहेको बुढिगंगा नगरपालिकामा ७ ओटा वडामा नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवार बिजयी भएका छन्, । नेपाली कांग्रेस ३ वडामा सिमित भएको छ । वडा १, २, ३, ५, ६, ९ र १० मा नेकपा एमालेका उम्मेदवारहरु बिजयी भएका छन ।
वडानम्बर ४, ७ र ८ मा नेपाली काँग्रेस बिजयी भएको छ । २०७४ मा ६ वडा जितेको एमालेले यो पटक भने ७ वटा जितेको छ ।
बुढिगंगा नगरपालिका १ मा नेकपा एमालेका उम्मेदवार रण बहादुर थापा विजयी भएका छन् । २ मा नेकपा एमालेका उम्मेदवार पदम बहादुर भण्डारी विजयी भएका छन् । ३ मा नेकपा एमाले उम्मेदवार खडक बहादुर अधिकारी विजयी भएका छन् ।
त्यस्तै ४ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार मीन बहादुर शाह विजयी भएका छन् । वडा न ५ मा नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवार चक्र बहादुर थापा वडा न ६ मा नेकपा एमालेका उम्मेदवार हेमराज जैशी बिजयी भएका छन ।
वडा नम्मर ७ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार भुवन सिहं केसी विजयी भएका छन् । वडा नम्मर ८ मा नेपाली काँग्रेसका उम्मेदवार रमेश बहादुर रावल विजयी भएका छन् ।
वडा नम्मर ९ मा गठबन्धनका उम्मेदवार भरत थापालाई हराउदै नेकपा एमालेका उम्मेदवार मिन बहादुर सिंह विजयी भएका छन् ।
१० मा नेकपा एमालेका उम्मेदवार दल बहादुर साउँद विजयी भएका छन् ।

यस्तो छ मतपरिणाम :



विश्व खबर 



















