काठमाडौं- बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा (एमाले)को जित निश्चित भएको छ ।
पछिल्लो विवरणअनुसार ८,७१९ मत गणना हुँदा मेयरमा एमालेका रामबहादुर बानियाँले ४,५५५ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका रंगबहादुर खातीले ३,५९७ मत ल्याएका छन् ।
गत बिहीबार भएको मतदानमा बुढीगंगामा ९,१२८ मत खसेको थियो । अब ४०९ मत मात्र गन्न बाँकी छ ।
उनीहरूबीच अहिले ९५८ मतको फरक छ । गन्न बाँकी मत भन्दा मतान्तर धेरै भएकाले एमालेको जित निश्चित भएको हो ।
उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ४,४०० मत कटाएकी छन् । कांग्रेसकी रिता शाहले ३,६०० मत ल्याएकी छन् ।
नगरका १० वडमध्ये आइतबार बिहानसम्म ८ वडाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । जसमा एमालेले पाँच तथा कांग्रेसले तीन वडामा जित निकालेको छ ।
एमालेले वडा नम्बर १, २, ३, ९ र १० मा तथा कांग्रेसले वडा नम्बर ४, ७ र ८ मा जित निकालेको छ । अहिले वडा नम्बर ५ र ६ को मत गणना भइरहेको छ ।



विश्व खबर 



















