बाजरा- बुढिगंगा नगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म चार वडाको परिणाम सार्वजनिक भएको छ । यी चार वटै वडामा गठबन्धनका साझा उम्मेदवारलाई पराजीत ग गर्दै एमालेले क्लीन स्वीप गरेको छ ।।
वडा नम्बर मा १ एमालेका रण बहादुर थापा, वडा नम्बर २ मा पदमबहादुर भण्डारी, वडा नम्बर ९ मा मिनबहादुर सिंह र १० मा दलबहादुर साउँद (डेविड) ले वडाध्यक्षमा प्यानलसहित जितेका छन् ।
पछिल्लो नतिजाअनुसार वडा नम्बर २ मा कांग्रेसका उम्मेदवार नर बहादुर थापालाई पराजित गर्दै एमालेका उम्मेदवार पदम बहादुर भण्डारी विजयी भएका छन् । विजयी भण्डारीले ८ सय ३८ ल्याएका छन्, भने नर बहादुर थापाले २ सय ३५ मत ल्याएका हुन् ।
यसअघि बुढीगंगा वडा नं.१ को वडाध्यक्षमा नेकपा एमालेका रणबहादुर थापा सहित प्यानलै विजयी भएका छन् । काँग्रेसका उम्मेदवार लोग बहादुर थापालाई पराजित गर्दै थापा विजयी भएका हुन् । विजयी रण बहादुर थापाले ३ सय ५३ मत ल्याएका थिए, भने लोग बहादुर थापाले ३ सय १८ मत ल्याएका छन् ।
यस्तै, वडा नं. ९ मा गठबन्धनका उम्मेदवारलाई हराउदै नेकपा एमालेका उम्मेदवार मीन बहादुर सिंह विजयी भएका छन् । नेकपा एकृकित समाजवादीका उम्मेदवार भरत बहादुर थापालाई पराजित गर्दै सिंह विजयी भएका हुन् । विजयी सिंहले ४ सय ९२ मत ल्याएका छन्, भने भरत बहादुर थापाले २ सय ९३ मत ल्याएका छन् ।
त्यस्तै, वडा नं १० मा नेकपा एमालेका उम्मेदवार दल बहादुर साउद विजयी भएका छन् । काँग्रेसका उम्मेदवार मोहन बहादुर बुढालाई पराजित गर्दै साउद विजयी भएका हुन्। विजयी दल बहादुर साउदले ५ सय ४८ मत ल्याएर बिजयी भएका छन् , भने मोहन बहादुर बुढाले ४ सय ९१ मत ल्याएर पराजित भएका छन् ।
अहिलेसम्म काँग्रेस र एकिकृन समाजवादीले एक ठाउँमा पनि विजयी हासिल गर्न सकेको छैन ।
करीब चार हजार मतको गणना सकिदा मेयरमा सत्तारुढ गठबन्धनका उम्मेदवार कांग्रेसका रंगबहादुर खातीलाई झण्डै दोब्बर मतले एमालेका राम बहादुर बानियाँले पछि पारेर अग्रता लिएका छन् ।
बानियाँले दुई हजार ४४३ मत पाउँदा खातीले हजार २९१ मतका साथ पछ्याइरहेका छन् । उपमेयरमा पनि एमालेकै मायाकुमारी खड्काले दुई हजार ४१७ मतका साथ अग्रता लिएकी छन् । उनकी प्रतिद्धन्द्धी कांग्रेसकी रिता शाहीले एक हजार ३१२ मत प्राप्त गरेकी छन् ।


विश्व खबर 



















