images
images
  • बुढीगंगा अपडेट: २९ सय ३७ मत गणना हुदा एमालेका बानियाँ ७ सय २ मतले अगाडी

    बाजुरा- बाजुराको बुढीगंगा नगरपालिकामा भएको निर्वाचनपछि जारी मतगणनामा नेकपा एमालेका उम्मेदवारले अग्रता कायम राखेका छन्। पछिल्लो अध्यावधिक मतपरिणामअनुसार मेयर पदमा एमालेका उम्मेदवार ७०२ मतले अगाडि छन्।

    पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका मेयरका उम्मेदवार राम बहादुर बानियाँले १७ सय ३२ मत पाएका छन्। नेपाली कांग्रेसका मेयरका उम्मेदवार रंग बहादुर खाती १०३० मतसहित पछ्याइरहेका छन्।

    त्यस्तै एमालेका उपमेयर उम्मेदवार माया खड्का (कुवँर)ले १६ सय ८७ मत पाएकी छन् भने कांग्रेसका रिता कुमारी शाही (शाह)ले १ हजार ६७ ले पछ्याइरहेकी छन् ।

    बुढिगंगा नगरपालिकाको पछिल्लो मतपरिणम आउन सुरु भएको छ । बुढिगंगा नगरपालिका वडा न १ र १० को गणना सम्पन्न भएको छ । वडा नम्बर २ र ९ को मतगणना शुरु भइरहेको छ। अहिलेसम्म २९ सय ३७ मत मतगणना सकिएको छ।

    यस्तो छ पछिल्लो परिणाम :

    नगर प्रमुख
    राम बहादुर बानियाँ (एमाले) -१७३२
    रंग बहादुर खाती (काँग्रेस) -१०३

    उप प्रमुख
    मायाँ कुमारी खड्का( कुवँर)  (एमाले)- १६८७
    उप प्रमुख रिता शाही (काँग्रेस) -(१०६७

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images