images
images
  • बुढीगंगा नगरपालिका १ मा एमालेका उम्मेदवार थापा विजयी

    बाजुरा- बाजुराको  बुढीगंगा नगरपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका रणबहादुर थापा सहित प्यानलै विजयी भएको छ । । काँग्रेसका उम्मेदवार लोग बहादुर थापालाई पराजित गर्दै थापा विजयी भएका छन् ।

    विजयी रण बहादुर थापाले ३ सय ५३ मत ल्याएका थिए, भने लोग बहादुर थापाले ३ सय १८ मत ल्याएका हुन् ।

    सोही वडा बाट एमालेका मेयरको ३ सय ५० काँग्रेस मेयरको ३ सय ३८ र एमाले उपमेयर ३ सय ५० काँग्रेस उपमेयर ३ सय ३८ मत ल्याएका छन् ।

    १३ सय २६ मतदाता रहेको वडामा ८ सय ३१ मत खसेका थिए । २०७४ को स्थानिय चुनावमा यो वडा नेपाली काँग्रेसले जितेको थियो ।

    बुढीगंगाको चुनाव असार २३ मा दोस्रो पटक भएको थियो । बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । कुल मतदाताको ६६.८३ प्रतिशत अर्थात ९ हजार १ सय २८ मत खसेको छ।

    बैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images