बाजुरा- जिल्लाको बुढीगंगा नगरपालिकामा आज जारी मतदानमा फेरि विवाद सिर्जना भएको छ । विवाद भएपछि प्रहरीले गोली नै चलाउनुपरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीका अनुसार त्रिशक्ति मावि मतदान केन्द्रमा दुई पक्षका एजेन्टबीच झगडा भएको थियो । विवाद बढेपछि प्रहरीले हवाई फायर गरेको अधिकारीको भनाई छ । अहिले स्थिति नियन्त्रणमा आइसकेको पनि उनले बताए ।
मतदान केन्द्रमा तनाव सिर्जना भएपछि करिब १५ मिनेट मतदान स्थगित भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी जानकारी दिए ।
आजको निर्वाचनमा बुढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ । यसअघि वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















