images
images
  • भालुको आक्रमणबाट एक गम्भीर घाइते

    काठमाडौं- डोटीको पूर्वीचौकी गाउँपालिमा भालुको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् ।

    स्थानीय गणेश साउँदले दिएको सूचना अनुसार पूर्वीचौकी गाउँपालिका-१ का नरबहादुर खड्कालाई मंगलवार बिहान छोरेपानीमा भालुले आक्रमण गरेको हो ।

    भालुको आक्रमणमा परेका खड्काको टाउको र अनुहारमा चोट लागेको साउँदले बताए ।

    उनलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रिफर गरिएको साउँदले जानकारी दिए । घरबाट खर्क (छानातिर) जाँदै गरेको बेला खड्कालाई भालुले बाटोमा आक्रमण गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images