images
images
  • अन्तर्घात गरेको भन्दै जसपा प्रदेश सांसद यादवसहित २ जना निष्काषित

    काठमाडौं- जनता समाजवादी पार्टी नेपालले स्थानिय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै प्रदेश सांसदसहित २ जनालाई निष्कषान गरेको छ ।

    जिल्ला कार्यसम्पादन समिति महोत्तरीले प्रदेश सांसद कौशलकुमार यादव र संघीय शिक्षक फोरम महोत्तरीका अध्यक्ष कौशलकुमार यादवलाई साधारण सदस्यतसमेत नहुने गरी निष्काषन गरेको हो ।

    ‘गत ३० बैशाखको स्थानिय तहको निर्वाचनमा पार्टीका जिम्मेवार ब्यक्तिहरुले गरेको क्रियाकलाप माथी कार्यसम्पादन समितिको निर्णयवाट पार्टीको अन्तरिम बिद्यान–२०७७ को परिच्छेद–३ सदस्यता सवन्धि व्यवस्था धारा १० को बुदाँ २ र परिच्छेद–८ को अनुशाषनको कार्यवाहीको धारा ४९ को बुदाँ १, २, ३, र ६ आकृष्ट भएको हुदाँ आजैको मितिवाट साधारण सदस्यतावाट समेत निष्काषन गरेको व्योहोरा जानकारीका साथ अनुरोध छ’ जिल्ला अध्यक्ष रामप्रकाश यादवले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

    महोत्तरी–४ (क) वाट प्रदेश सांसद रहेका यादवले स्थानिय तहको निर्वाचनमा आफनै पार्टीका उम्मेदवारहरुलाई हराउन लागेको तथा बिपक्षी दलका नेताहरुलाई सहयोग गरेको आरोप लाग्दै आएको बेला उनलाई निष्काषन गरेको हो । स्थानिय तह निर्वाचनमा अन्र्तघात गरेको भनेर निष्काषनमा पर्ने यादव पहिलो र एक्ला सांसद हुन ।Ja Sa Pa Bigyapti.jpg

    प्रतिक्रिया दिनुहोस्
    images
    images