काठमाडौं-सन्दापनि जो कोहिले पनि विस्वास नै नगर्ने तर नेपालमा सबैभन्दा धेरै ठगी औषधिमा हुन्छ भन्ने हामी सबैले सुन्दै आएका हौँ । हरेक औषधिमा अधिकतम छुट दिन सक्नेगरी बजारमा आएको हुन्छ भन्ने हल्ला भर्खरै मात्र चल्न थालेको छ । तर न हामी छुट माग्छौ न त औषधि पसलेले छुट नै दिन्छन्।
यस्तो एउटा औषधि पसल जहाँ हामी औषधि किन्न जादाँ पसलले ५० प्रतिशतसम्म छुट दिन्छन्, त्यो पनि तपाईंले छुट दिनुस् भनेर माग्नुनै पदैनन् । यो औषधि पसल हो महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले संचालनमा ल्याएको औषधि पसल हो । बोर्डमा नै लेखिएको छ त्यहाँ एमआरपी मूल्यभन्दा ५० प्रतिशत कममा बिक्री गर्दै आएको छ । यसरी औषधि विक्री वितरण गर्न थालेको बर्षौ वितेको छ ।
औषधिमा ५० प्रतिशतसम्म र सर्जिकल सामानमा ७० प्रतिशतसम्म छुट
उपभोक्ताहरुले औषधिमा ५० प्रतिशतसम्म र सर्जिकल सामानमा ७० प्रतिशतसम्म छुट दिने गरेको छ। डब्लुएचओ जीएमजी सर्टिफाइड राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले उत्पादन गरेको औषधिमा यो छुट पाइन्छ, त्योपनि वर्षौँदेखि । औषधिमा यति धेरै छुट अन्यत्र कतै पाइँदैन । यहाँ न उपभोक्ताले छुट माग्छन् न त औषधि पसलेले नै घटाउँछन् ।
यो सुचना धेरैलाई जानकारी छैन । तर धेरै औषधि सेवनकर्तालाई यो जानकारी होस् भनेर हामी यो औषधि पसलको विषयमा जानकारी सामाग्री तयार पारेको छौं । यसलाई अधिकतम सेयर गरिदिनुहोला ।


विश्व खबर 



















