काठमाडौं- बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा निर्मित गोदाम घर तथा सुरक्षाकर्मी ब्यारेक भवन नुवाकोटको विदुर नगरपालिका वडा नं ३ मा संचालनमा आएको छ ।
आज (शुक्रवार) बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण प्रसाद शर्मा खनालले उक्त गोदाम घर तथा सुरक्षाकर्मी ब्यारेक भवनको उद्घाटन गरेका हुन् । प्रदेश सरकारले गोदाम घर नुवाकोट शाखाको रुपमा संचालन गरेको हो ।

विपद व्यवस्थापनका सामाग्रीहरु उक्त गोदाम घरमा राखि आपतकालिन अवस्थामा सुरक्षाकर्मी प्रयोग गर्न सक्ने छन् । दुई नगरपालिका र दश गाउँपालिकासहित १२ स्थानिय तह रहेको नुवाकोटको अधिकांश भू-भाग विपदको जोखिममा रहेको छ ।
उद्घाटन कार्यक्रममा बागमति प्रदेशका आन्तरिक मामिला मन्त्रालयका सचिब, प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख, नुवाकोटका प्रमुख जिल्ला अधिकारी, विदुर नगरपालिकाका मेयर, नुवाकोट प्रहरी प्रमुख, सोहि वडाका वडाध्यक्ष लगाएतको उपस्थीति रहेको थियो ।


विश्व खबर 




















