images
images
  • प्रहरी प्रतिष्ठानको ठेक्कामा कमिसनको चलखेलः ८० करोड कमिसन दिएको भारतीय कम्पनीको दाबी (प्रमाणसहित)

    काठमाडौं- नेपाल प्रहरीको काभ्रेमा बन्ने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान बनाउने ठेक्कामा ८० करोड कमिसनको चलखेल भएको सम्बद्ध कम्पनीले दाबी गरेको छ । भारतको सरकारी कम्पनीसमेत ३ वटालाई मुल्याङ्कनको चरणमै अयोग्य बनाई सार्वजनिक खरिद ऐन, २०६३ तथा बजार प्रतिस्पर्धा ऐनविपरीत ठेक्का दिएको आरोप लगाइएको छ ।

    भारतीय कम्पनी अहलुवालिया कन्स्ट्रक्सन प्रा।लि। भारत र नेपालको रोशन कन्स्ट्रक्सन संयुक्त भेन्चर एसिआइएल–आरसिपिएल जेभीलाई एकल योग्य बनाई ठेक्का दिएको खुलासा भएको छ । कानून विपरीत ठेक्का दिएको भन्दै नेपाल प्रहरी, परामर्शदाता सीपीडब्लुडी भारतका इञ्जिनियर नागाप्रसाद र अहित रायविरुद्ध युपीआरएनइल–शर्मा जेभी, गायत्री–अमर जेभी,गिरीधरलाल–अनक गरी तीन ठेकेदार कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भारतीय दूतावासमा उजुरी दिने तयारी भएको छ ।

    परामर्शदाता सीपीडब्लुडीका इञ्जिनियर नागा प्रसाद र अहित रायलाई मात्र यस परियोजनाको वास्तविक लागत इस्टिमेटको जानकारी थियो । सो लागत एसिआइएल–आरसिपिएल जेभीलाई लिक गरी मात्र ०।४३ प्रतिशत कम कोत गरी ठेक्का दिएको आरोप छ । यस ठेक्कामा १ अर्ब सम्म कम टेन्डर गरिएको छ ।

    २०७२ वैशाख २५ गते गोरखापत्र दैनिकमा प्रकाशित सूचना अनुसार ४ वटा बोल कबोल दातामध्ये वित्तीय बोलपत्र खोल्ने सम्बन्धमा राष्ट्रिय प्रहरी प्रतिष्ठानले एक जना मात्र उत्तरदायी विज्ञापनको योग्यता पुगेको भन्दै अन्य तीन कम्पनीलाई प्राविधिक बोलपत्र मूल्याङ्कन नगरी छनोट प्रक्रियाबाटै सीधै फालिदिएका थिए । आफ्नो कुराको स्पष्टीकरणको मौका समेत नदिएको आरोप सहभागी कम्पनीहरुको छ ।

    PHOTO 2022 06 23 15 32 04 1

    नेपाल प्रहरीको काभ्रेमा बन्ने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान बनाउने ठेक्काको लागि युपीआरएनइल–शर्मा जेभी,गायत्री–अमर जेभी,गिरीधरलाल–अनमा र अहलुवालिया ठेक्काको बोल कबोल गरेका थिए । तर अहलुवालियाका र रोशन कन्स्ट्रक्सनले कमिसनकै सेटिडमा प्रक्रियामै सामेल नगरी एकलौटी ठेक्का हात पर्ने दाउले ८० करोड कमिसन दिएर ठेक्का दिएको युपीआरएनइल शर्मा जेभी, गायत्री अमर जेभी, गिरीधरलाल अनकले आरोप लगाएका छन् ।

    ठेकेदार कम्पनीहरुले सिपीडब्लुडी कम्पनीले ४० करोड र नेपाल प्रहरीलाई ४० करोड दिएर गोप्य सहमति गरी ठेक्का लिएको युपीआरएनइल शर्माले दाबी गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको तर्फबाट प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्दराज आचार्य र ठेकेदार कम्पनी कोतर्फबाट अहलुवालियाका अरुण साही र परामर्शदाता सीपीडब्लुड भारतका इन्जिनियर नागाप्रसाद र अहित राय समेत गोप्य रुपमा भेटवार्ता गरेका छन् ।

    रोशन कन्स्ट्रक्सन अध्यक्ष सञ्जयकुमार गुप्ता हुन् भने यसमा हरि भगत, अच्युत राउत र अरविन्दकुमार झा निर्देशक छन् । रोशन कन्स्ट्रक्सन हुलाकी मार्गका पुल निर्माणमा समेत संलग्न रहे पनि विवादित कम्पनी हो ।

    रुकुमको नयाँ सहर आयोजनाको भवन निर्माणको जिम्मा लिए पनि ढिला गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले यो कम्पनीलाई कालोसूचीमा राख्न गृह मन्त्रालयमा पठाएको र भारतको आलुवालिय कम्पनी समेत बैंकिङ कालो सुचीमा हुने अवस्था छ । सरकारले २६ वर्ष अगाडि अनुदानमा प्रहरी प्रशिक्षण प्रतिष्ठान बनाउने सहमति भएको थियो । तर डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) र निर्माणसम्बन्धी बोलपत्रको मस्यौदा कसले बनाउने भन्ने विवाद लामो समयसम्म चल्दा निर्माणको कामले गति लिन सकेको थिएन ।

    अन्तमा भारतमा बनेको डीपीआर र बोलपत्रको मस्यौदा नेपाल सरकारले स्वीकृत गरेपछि बोलपत्र प्रक्रिया अगाडि बढ्न सकेको थियो ।

    भारतले २०५२ फागुनमा प्रतिष्ठान निर्माण गर्न अनुदान उपलब्ध गराउने सहमति गरेको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा अनुदानमा एकेडेमी बनाउने सहमति भएको थियो । सरकारले एकेडेमी निर्माण गर्न काभ्रेको पनौती नगरपालिका–६, सुनथाना ९दलिञ्चोक० मा ४२।४ हेक्टर जग्गा अधिग्रहण गरिसकेको थियो ।

    नेपालकै ठूलो भवन वीर हस्पितल ३।५ अर्ब रुपैयाँको निर्माण समयमै सम्पन्न गर्ने शर्मा कन्स्ट्रक्सन प्रा।लि। र भारत सरकारको सरकारी कम्पनी उत्तर प्रदेश राजकीय निगम लिमिटेडलाई यसरी अयोग्य बनाई भवनको कुनै अनुभव नभएको रोशन कन्स्ट्रक्शन लाई चोर बाटोबाट ठेक्का सम्झौता गरेकोमा युपीआरएनइल–शर्मा जेभीका अख्तियारी प्राप्त रमेश शर्माले आपत्ति जनाएका छन् ।

    https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2022/06/NDC-OPMCM-Document.pdf

     

    https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2022/06/Gayatri-Amar-JV-Letter-dated-31.05.2022.pdf

     

    भारत-नेपालको संयुक्त कम्पनीले पायो पौने नौ अर्बको प्रहरी प्रतिष्ठान बनाउने ठेक्का, नेपाली कम्पनी विवादित
    प्रारम्भदेखि नै भारत भारती कम्पनीबाटै निर्माणको काम गराउन चाहन्थ्यो। सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा निर्माणको ठेक्का भारतीय कम्पनी अहलुवालिया कन्स्ट्रक्सन प्राली भारत र नेपालको रोशन कन्स्ट्रक्सन संयुक्त भेन्चर एसिआइएल-आरसिपिएल जेभीले पाएको हो।

    सो अनुसार सोमबार सम्झौता पत्रमा हस्ताक्षर समेत भयो। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको तर्फबाट प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्द राज आचार्यज्यू र ठेकेदार कम्पनी कोतर्फबाट अहलुवालियाका अरुण साहीले हस्ताक्षर गरेका थिए।

    रोशन कन्स्ट्रक्सन अध्यक्ष सञ्जयकुमार गुप्ता हुन् भने यसमा हरि भगत, अच्युत राउत र अरविन्दकुमार झा निर्देशक छन्। रोशन कन्स्ट्रक्सन हुलाकी मार्गका पुल निर्माणमा समेत संलग्न कम्पनी हो। रुकुमको नयाँ सहर आयोजनाको भवन निर्माणको जिम्मा लिए पनि ढिला गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले यो कम्पनीलाई कालो सूचीमा राख्न गृह मन्त्रालयमा पठाएको थियो। भारतीय कम्पनी अहलुवालिया भारतको ठुला निर्माणमा संलग्न निर्माण कम्पनी हो।

    भारत सरकारले २६ वर्ष अगाडि अनुदानमा प्रहरी प्रशिक्षण प्रतिष्ठान बनाउने सहमति भएको थियो। तर डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) र निर्माणसम्बन्धी बोलपत्रको मस्यौदा कसले बनाउने भन्ने विवाद लामो समयसम्म चल्दा निर्माणको कामले गति लिन सकेको थिएन।

    अन्तमा भारतमा बनेको डिपिआर र बोलपत्रको मस्यौदा नेपाल सरकारले स्वीकृत गरेपछि बोलपत्र प्रक्रिया अगाडि बढ्न सकेको थियो।

    भारतले २०५२ फागुनमा प्रतिष्ठान निर्माण गर्न अनुदान उपलब्ध गराउने सहमति गरेको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा अनुदानमा एकेडेमी बनाउने सहमति भएको थियो। सरकारले एकेडेमी निर्माण गर्न काभ्रेको पनौती नगरपालिका–६, सुनथाना (दलिञ्चोक) मा ४२.४ हेक्टर जग्गा अधिग्रहण गरिसकेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images