images
images
  • किन गनाउँछ मुख ? यसरी राख्नुस् मुख र दाँत स्वस्थ

    काठमाडौं- मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि सक्छ ।

    मुखको सफाइका लागि ध्यान दिनुपर्ने कुरा :
    धेरै गुलियो, अमिलो खानेकुरा सकेसम्म कम खाने ।

    धेरै तातो र धेरै चिसो नखाने ।

    मादक पदार्थ, धूम्रपान र सुर्ती सेवन नगर्ने ।

    हतारमा, जोडसँग घोटेर दाँत नमाझ्ने ।

    मुखमा खानेकुरा राखेर नसुत्ने ।

    बच्चाको मुखमा दूधको बोतल राखेर नसुताउने ।

    बिहान खाना खाएपछि र राति सुत्नुअघि दाँत माझ्ने ।

    रेसा भएको र पोसिलो खानेकुरा खाने ।

    पानी प्रशस्त पिउने ।

    वेलावेलामा मुख कुल्ला गरेर दाँतमा अड्किएका खानेकुरा हटाउने, डेन्टल फ्लसको प्रयोग गर्न पनि सकिन्छ ।

    नरम ब्रसले दाँत माझ्ने, जिब्रो पनि सफा गर्ने ।

    फ्लोराइडयुक्त मन्जन प्रयोग गर्ने ।

    हरेक ५ महिनामा दाँत जँचाउने ।

    प्लस टिप्स
    डब्लुएचओका अनुसार नेपालका ६० प्रतिशत बालबालिका र पाँचदेखि १० प्रतिशत वयस्क तथा युवामा दाँत र मुखमा समस्या देखिने गरेको छ । मुख गनाउनुको प्रमुख कारण जिब्रो सफा नहुनु हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images