images
images
  • काठमाडौं उपत्यकामा १२ जनामा हैजा पुष्टि

    काठमाण्डौं– काठमाडौं उपत्यकामा हालसम्म १२ जना बिरामीमा हैजाको पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले हालसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिए ।

    पछिल्लो समयमा नैकापका बिरामीको आरडीटी परीक्षण पोजेटिभ देखिएको छ भने कल्चरल रिपोर्ट पनि पोजेटिभ देखिएको छ । हैजा आशंका गरिएका पाटनका एक जना बिरामीको कल्चर रिर्पोट आउन बाँकी रहेको जनाइएको छ । निर्देशक डा. दासका अनुसार, बागबजार, डिल्लीबजार, सानेपा, बालाजु, कपन र नैकपमा हैजा देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images