images
images
  • जेठ महिनामा वैदेशिक रोजगारीमा जान ६२ हजारभन्दा बढीले लिए श्रम स्वीकृति

    काठमाडौं- गएको जेठ महिनामा वैदेशिक रोजगारीमा जान ६२ हजार ३४९ जनाले श्रम स्वीकृति लिएका छन् ।

    २०७९ जेठ १ देखि ३१ गतेसम्मको अवधिमा उनीहरुलाई वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्रदान गरेको हो ।

    श्रम स्वीकृति लिनेमा ५६ हजार ५७७ जना पुरुष र ५ हजार ७७२ जना महिला रहेका छन् । विभागका अनुसार ८३ देशमा काम गर्न जानको लागि उनीहरुलाई श्रम स्वीकृति प्रदान गरिएको छ ।

    जेठ महिनामा कतार जानको लागि सबैभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । विभागको तथ्याङ्कअनुसार पछिल्लो महिना कतार जान १५ हजार ५६ जनाले श्रम स्वीकृति लिएका छन् ।

    यस्तै, साउदी अरेबिया जान १२ हजार ७०१, युनाइटेड अरब इमिरेट्स (युएई) जान ११ हजार १६७, मलेसिया जान ९ हजार ६४९, कुवेत जान ५ हजार ७३५, बेलायत जान १ हजार १६६, रोमानिया जान १ हजार ५७८, जापान जान १ हजार ७४ र बहराइन जान ९९२ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्