
काठमाडौं- सामाजिक सञ्जालमा स्टोरी निकै लोकप्रिय फिचर हो । इन्स्टाग्राम, फेसबुक, स्न्यापच्याट लगायत धेरैजसो सामाजिक सञ्जालमा स्टोरी अपलोडको फिचर उपलब्ध छ ।
प्रयोगकर्ताले फेसबुकमा स्टोरी अपलोड गरेपछि साथी बनेका सबैले हेर्न, इमोजीमार्फत रियाक्ट गर्न वा टेक्स्ट गर्न सक्छन् ।
स्टोरी अपलोड गरिसकेपछि तपाईंलाईं कति जनाले अनि क–कसले हेरे भन्ने जिज्ञासा पक्कै लाग्छ । फेसबुक फ्रेन्ड लिस्टमा भएका जो कोहीले स्टोरी हेर्दा प्रोफाइलसहित देखाउँछ ।
तर यदि तपाईंले स्टोरीको प्राइभेसी सेटिङ पब्लिक गर्नुभएको छ भने फ्रेन्ड एड नभएका प्रयोगकर्ताले पनि तपाईंको स्टोरी हेर्न पाउँछन् ।
फ्रेन्ड एड नभएका जति प्रयोगकर्ताले तपाईंको स्टोरी हेर्छन्, उनीहरुलाई ‘अदर पिपुल भ्युड योर स्टोरी’ (other viewed your story) भनेर देखाउँछ ।
अर्थात् तपाईंले फेसबुक स्टोरी प्राइभेसी सेटिङ्ग पब्लिक गरेको हुनाले साथी नभएका प्रयोगकर्ताले स्टोरी हेरेका रहेछन भन्ने बुझ्नुहोस् । तपाईंले ती व्यक्ति को थिए भनेर प्रोफाइल नै हेर्न भने मिल्दैन ।
फेसबुकले यो सुविधा उपलब्ध गराएको छैन । कुनै पनि थर्ड पार्टी एक्सेसको सहायताले पनि ती व्यक्तिको प्रोफाइल हेर्न मिल्दैन ।
त्यसैले यसलाई बन्द गर्न चाहनुहुन्छ भने स्टोरीको प्राइभेसी सेटिङ्ग हु क्यान सी योर स्टोरी (Who can see your story ?) मा फ्रेन्ड्स सेलेक्ट गर्नु नै सबैभन्दा उपयुक्त हुन्छ । -टिच पानाबाट
प्रतिक्रिया दिनुहोस्