images
images
  • नगरसभा सकिएको ‘खुसीयाली’ मा सार्वजनिक बिदा !

    काठमाडौँ- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले नगरसभा सफलतापूर्वक सम्पन्न भएको खुसीयालीमा भोलि (शुक्रबार) सार्वजनिक बिदा दिएको छ ।

    आज बसेको ११ औँ नगरससभा सफलतापूर्वक सम्पन्न भएको भन्दै शुक्रबार नगरपालिका एवं नगर अन्तर्गत रहेका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक बिदा दिएको हो ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरप्रसाद भट्टले जारी गरेको सूचनामा भनिएको छ,‘यस बाह्रबिसे नगरपालिकाको मिति २०७९/०३/०९ गते ११ औँ नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा मिति २०७९/०३/१० गते शुक्रबारको दिन नगरपालिका एवं नगर अन्तर्गत रहेका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक बिदा दिने व्यहोरा आदेशअनुसार अनुरोध छ ।’

    प्रतिक्रिया दिनुहोस्

    images