
काठमाडौं- नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाह आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर सोमबार नबिल बैंकबाट बिदा भए ।
गत जेठमा नबिल बैंकको विशेष साधारणसभाबाट ज्ञानेन्द्र ढुंगानालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो । तत्कालिन अनिल शाह बिदा हुँदा ढुंगानालाई सीईओको लागि नियुक्तिपत्र दिने तयारी थियो ।
नबिल बैंकको बोर्डले पछिल्लोपटक ढुंगाना राष्ट्र बैंक पुगेर दोहोरो भूमिका खेलेको आशंका गर्दै नियुक्तिपत्र रोकेको छ । सोमबार नै बसेको बोर्डले ढुंगानालाई नियुक्तिपत्र दिने छलफल चलेपनि तत्काललाई यो प्रक्रिया रोक्ने र कर्मचारी समायोजनको विषय सकिएपछि नियुक्तिपत्र दिने निर्णय भएको नबिल बैंकका एक सञ्चालकले भने ।
बोर्डको निर्णयले सुजित शाक्यलाई निमित्त सीईओ दिने निर्णय गरेको छ । सीईओ नै फाइनल भएपछि निमित्त दिनु भनेको यसमा नयाँ ट्विस्ट देखा परेको बुझ्नुपर्ने ती सञ्चालकले बताए ।
प्रतिक्रिया दिनुहोस्