images
images
  • सार्वजनिक शौचालयका लागि ३३ संस्थाले गरे महानगरसँग सम्झौता (सूचीसहित)

    काठमाडौं-  काठमाडौं महानगरपालिकासँग आफूसँग भएका शौचालय उपयोगमा ल्याउनका लागि ३३ वटा व्यवसायिक संस्थाले सम्झौता गरेका छन् । रेस्टुरेन्ट, बैंक, विजनेस कम्प्लेक्ससहित ३3 वटा संस्थाका प्रतिनिधिहरुले सोमबार महानगरसँग सम्झौता गरेको महानगरले जनाएको छ ।

    सार्वजनिक शौचालय सर्वसाधारण प्रयोगकर्तालाई चिन्न सजिलो हुनेगरी एउटै संकेत चिन्ह तयार पारिएको छ। गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । उक्त लोगोको बिच भागमा सेतो रङ्मै महिला र पुरुषको चिन्ह रहेको छ । संकेत चिन्हको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ ।

    महानगरका मेयर बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोलको रोहबरमा उक्त सम्झौतामा महानगरकातर्फबाट निर्देशक नुरनिधि न्यौपानले हस्ताक्षार गरेका थिए ।

    ५ वर्षसम्मका लागि ती स‌ंस्थाले सार्वजनिक प्रयोगका लागि शौचालयन उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख छ । शौचालयको सम्पूर्ण मर्मत सम्भार र सरसफाइ उनीहरुले नै गर्नेछन् । हरेक ४/४ महिनामा शौचालयको अनुगम र मूल्यांकन हुने सम्झौता पत्रमा उल्लेख छ । दुवै पक्षबाट एक/एक जना प्रतिनिधि मूल्यांकनका लागि खटिनेछन् ।

    महानगरपालिकाले इच्छुक संस्थाहरुलाई आफूसँग भएको शौचालयक प्रयोग गर्न दिने सम्बन्धमा महानगरको निजी साझेदारी एकाईमा सम्पर्क गर्न भनेको थियो । त्यो बीचमा ३८ वटा संस्था सम्पर्कमा आएको महानगरले जनाएको छ । तीमध्ये केहीले आफैं शौचालय निर्माण गरिदिने प्रतिबद्धता जनाएका छन् ।

    सम्झौता गरिएका सङ्घ संस्थाहरू

    १. टायम्स स्क्वायर, लङ एण्ड बार, बालुवाटार

    २. पशुपति भ्यु होटल एण्ड रेस्टुरेन्ट, बालकुमारी टोल

    ३. डेन्टल भिल्ला, वडा नं. १४, बल्खु

    ४. देवयानी इन्टरनेशनल नेपाल प्रा. लि. अन्तर्गत

    क. पिजा हट, वडा नं. १ दरबारमार्ग

    ख. केएफसी, वडा नं. १ दरबारमार्ग

    ग. केएफसी, वडा नं. ६ बौद्ध

    ५. डाक गल्वी कोरियन हाउस, ल्याकसु गल्ली, वसन्तपुर

    ६. होटल रत्नज्योती, पेरिसडाँडा

    ७. नेक्सस ग्लोबल भिसा एण्ड इमिग्रेसन प्रा. लि, शंखमुल

    ८. खानेकुरा प्रा. लि., गौशाला

    ९. साङ्ग्रिला डिभलपमेन्ट बैङ्क, बालुवाटार

    १०. बेबिलोन नेशनल स्कुल, शान्तिनगर

    ११. ओटिसी किचेन रेस्टुरेन्ट, बालुवाटार

    १२. नेपालय पब्लिकेसन, डिल्लीबजार

    १३. वसुन्धरा एण्ड गोङ्गबु एरिया रेस्टुरेन्ट, वसुन्धरा

    १४. गोमा लक्ष्मी इन्टरनेशनल, ठमेल

    १५. घराना लन्च एण्ड बार, बानेश्वर

    १६. कामना सेवा विकास बैङ्क, कुलेश्वर, बौद्ध, ठमेल, ज्ञानेश्वर, कलङ्की, भीमसेनगोला, नयाँ बानेश्वर, न्युरोड,

    १७. सिटी एक्सप्रेस मनी ट्रान्सफर, कमलादी

    १८. नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन प्रा. लि., पुतलीसडक

    १९. आरडीएक्स बार प्रा. लि. ठमेल

    २०. नेपालगन्ज विरयानी, डिल्लीबजार पिपलबोट

    २१. कार्निभल रेष्ट्रो एण्ड मिटिङ, बिजुलीबजार

    २२. बार्दली रेष्ट्रो एण्ड मिटिङ, शंखमुल

    २२. नेशनल बिजनेस ट्रेड सेन्टर, कलङ्की

    २३. साङ्ग्रिला डिपलपमेन्ट बैङ्क, बालुवाटार

    २४. बिन्का लङ, छाउनी

    २५. प्रोग्रेसियो विस्ट्रो पिबीज रेस्टुरेन्ट, बौद्ध

    २६. मिलाल्याण्ड डिभलपमेन्ट प्रा. लि., कलङ्की

    २७. क्रिम्पजी एडभान्चर हव, बौद्ध

    २८. बर्गर हब एण्ड केसीए चिकेन, बिजुलीबजार

    २९. अनुपम फुडल्याण्ड, बत्तीसपुतली

    ३०. रिट्रिप क्याफे, बौद्ध

    ३१. चिकेन स्टेसन

    ३२. स्तुपा हब, बौद्ध

    प्रतिक्रिया दिनुहोस्
    images
    images