images
images
  • बुधबारदेखि जहाज र हेलिकप्टर नचलाउने वायु सेवा संघको घोषणा

    काठमाडौं– वायु सेवा सञ्चालक संघ नेपालले बुधबारदेखि देशभर हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ। काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले आफ्ना जहाज र हेलिकप्टर नचलाउने निर्णय गरेको हो।

    संघले पाँच बुँदे माग राख्दै यस्तो निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ। सरकारले विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरूले राति काठमाडौंबाहिर तोकिएको आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने भनि गरेको निर्णयको विरोधमा संघले यस्तो निर्णय गरेको हो।

    विमानस्थल सेवा शुल्क नियमावली, २०७८ मा यात्र सेवा शुल्क ल्याण्डिङ्ग, पार्किङ्ग, नेभिगेशन लगायतका सम्पूर्ण शुल्क बृद्धि फिर्ता लिई पूर्ववत कायम गर्नुपर्ने उनीहरुको माग छ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दिर्घकालीन हेलिप्याड, मर्मत संभारका लागि ह्याङर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ।

    नियामक निकाय र सेवा प्रदायक संस्था नेपाल नागरिक उडड्यन प्राधिकरण एकै निकायबाट भएका कारण यूरोपियन एभियसन सेफ्टी एजेन्सीबाट नेपाललाई हवाई सुरक्षा सूचीमा राखिएकाले देशको सम्पूर्ण पर्यटन क्षेत्र नै तहस नहस भभइरहेकाले नेपाललाई यूरोपियन यूनियनको हवाई सूरक्षाको सूचीबाट हटाउनका लागि नेपाल सरकार तथा नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्काल पहल थाल्न माग गरिएको छ।

    माग सम्बोधन नभएसम्म बाध्यात्मक रुपमा संघसँग आवद्ध हेलिकप्टर र हवाई सेवा कम्पनीहरुले प्रदान गर्दै आएको आपतकालीन उद्धारलगायतका नियमित उडान असार ८ गतेदेखि स्थगित गरिएको संघले जनाएको छ।

    No description available.

    प्रतिक्रिया दिनुहोस्