images
images
  • नुवाकोटमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

    काठमाडौं- नुवाकोटको ताँदी गाउँपालिका–४ घिरौलेभिरमा आज स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा नुवाकोटकै दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटार बस्ने ३५ वर्षीया राधिका अचार्य रहेकी छन् ।

    समुन्द्रटारबाट खरानीटारतर्फ आउँदै गरेको बा ९७ प ६९२५ नम्बरको स्कुटर आज बिहान ११ बजे अनियन्त्रित भइ सडकबाट एक सय मिटर तल तादीखोलामा खसेको इलाका प्रहरी कार्यालय खरानिटारले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images