images
images
  • केही प्रदेशमा भारी वर्षाको सम्भावना, यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौं- आज मुलुकका विभिन्न भूभागमा वर्षाको सम्भावना छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    प्रदेश १, मधेश र बागमतीका एक वा दुई स्थानमा भारी वर्षाको आँकलन पनि गरिएको छ । ती प्रदेशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहाव र खहरे खोलामा बाढीको चेतावनी पनि दिइएको छ ।

    आज दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही तथा मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

    राति प्रदेश १, मधेश र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images