images
images
  • राज्यमन्त्री वली प्रकरण : लुम्बिनी प्रदेशसभा एमालेले बजेट पेस गर्न दिएन

    काठमाडौ- लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली संलग्न घटनाबारे एमालेले सरकारको जवाफ मागेको छ । सोही विषयलाई लिएर एमालेले लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्न रोकेको छ ।

    आज ४ बजेका लागि बोलाइएको बैठक सुरु हुनै लाग्दा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले राज्यमन्त्री वलीको विषयमा सरकारको जवाफ नआएसम्म सदन चल्न नदिने बताए ।

    उनले आफैँ महिला मन्त्री भएको बेला महिला तथा बालबालिकामाथि भएको हातपातको संरक्षणमा सरकार लागेको भन्ने सुनिएकाले यसको जवाफ नआउँदासम्म संसद चल्न नदिने बताए । उनले सरकारको प्रतिक्रिया कुरेर बसेपनि यो विषयमा सरकार नबोलेको बताए ।

    उनले सरकारले जनताको जीउधनको शुरक्षाको क्षेत्रमा काम गर्न आग्रह गरे ।

    एमाले सांसदले उठेर विरोध जनाएपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक २५ मिनेटका लागि स्थगित गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images