
बर्दियाको राजापुर नगरपालिका–७ स्थित भालुफाँटा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लाहानु थारुसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समूहका अध्यक्ष थारुसहित तत्कालीन सचिव सोहनप्यारी थारु, तत्कालीन कोषाध्यक्ष राधेश्याम थारु र सुरुची ट्रेड एण्ड सप्लायर्स मगरागढी बर्दियाका प्रोपाइटर पारस गौतमविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
समूहका पदाधिकारीले सप्लायर्सका सञ्चालकसँगको मिलेमतोमा आव ०७४÷७५ मा गैरकाठ वन पैदावार बेत संकलन गरी लिलाम बिक्रीबाट आम्दानी भएको रकम अनियमितता गरेको अख्तियारले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्