images
images
  • गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सवार गाडी दुर्घटना

    काठमाडौं- अछामको ढकारी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सवार गाडी पल्टिएको छ। गाउँपालिकाको बा२झ ३७६५ नम्बरको गाडी साँफेबगर नगरपालिका-४ स्थित सडकमा पल्टिएको हो।

    धनगढीबाट अछाम आउँदै गर्दा शनिबार बिहान ५ बजे साँफेबगरमा गाडी पल्टिएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा गाडी चालक र उपाध्यक्ष नेत्रकला देवी शाही सामान्य घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि बयालपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ।

    गाउँपालिका अध्यक्ष प्रकाश साउँदलाई भने कुनै चोट नलागेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले बताए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images