images
images
  • मिटर ब्याज आतंक : गृह मन्त्रालयले गर्यो यस्तो अनुरोध

    काठमाडौं- गृह मन्त्रालयले मिटर ब्याजसम्बन्धी समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

    विभिन्न पत्रपत्रिका, सञ्चार माध्यम, सामाजिक सञ्जालहरूमा प्रकाशित मिटर ब्याजसम्बन्धी समाचारहरूप्रति ध्यानाकर्षण भएको गृह मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।

    मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक मिटर ब्याजमा रकम उपलब्ध गराउने र त्यसबापत कानूनविपरीत ठूलो रकम ब्याज असुल गर्ने, सम्पत्ति कब्जा गर्ने, यौनशोषण गर्ने एवं शारीरिक र मानसिक रूपमा यातना दिने लगायत प्रकाशित समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण विज्ञप्तिमा जनाइएको छ । मन्त्रालयले त्यस्ता गतिविधिहरू भएको कुनै सूचना पाएमा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ ।

    285657281 1181318542689296 3460446588553705032 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images