images
images
  • अछाममा किशोरको हत्या आरोपमा नगरप्रमुखसहित १३ जनाविरुद्ध किटानी जाहेरी

    काठमाडौँ- अछामको पञ्चदेवल विनायक नगरपालिका–४ कालिका स्थानमा मृत अवस्थामा भेटिएका १७ वर्षका किशोरको हत्या आरोपमा किटानी जाहेरी दर्ता भएको छ ।

    कक्षा १० मा अध्ययनरत विनोद शाही जेठ २१ गते मृत अवस्थामा फेला परेपछि उनको हत्याको आरोपमा पीडितले पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् ।

    प्रहरीले जाहेरी दर्ता गरेपछि पीडितले शव बुझेका छन् । मृतक शाहीको शव जिल्ला अस्पताल मङ्गलसेनमा पोस्टमार्टम गरिएको छ । पोस्टमार्टमको रिपोर्ट आउन भने आउन बाँकी रहेको छ ।

    घटनास्थलमा पुगेको प्रहरी प्रधान कार्यालय मातहत रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले शङ्कास्पद ५ जनालाई पक्राउ गरेकोमा ३ जनालाई छाडिएको छ । घटनामा संलग्न नदेखिएपछि ३ जनालाई छोडिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images