काठमाडौं- सरकारले बजेट मार्फत ल्याएको वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओमा आरक्षण दिने व्यवस्था चार महिनाभित्र लागू गरिने धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बताएका छन् । बोर्डको ३० औं वार्षिकोत्सवको अवसरमा अध्यक्ष हमालले यस्तो बताएका हुन् ।
कार्यक्रममा उनले धितोपत्र बोर्डले लगानीकर्ताको समस्या बोर्डले बुझेको बताए । ‘हाल सेयर कर्जामा रहेको व्यवस्थाको विषयमा लगानीकर्ताबाट आइरहेको गुनासो हामीले बुझेका छौँ’ उनले भने ।
अहिले लगानीकर्ताको मानोविज्ञान उकास्न आवस्यक भइसकेकोमा उनको जोड थियो ।’अबको चार महिनामा साना तथा मझौला कम्पनीलाई छुट्टै कारोबार प्ल्याटफर्म तयार गरिनेछ, वैदेशिक रोजगारीमा गएकालाई प्राथमिक सेयरमा छुट्याइएको १० प्रतिशत सेयर पाउने अवस्था बन्ने छ,’ उनले भने, ‘गैर आवासीय नेपालीलाई यही अवधिभित्र बजारमा प्रवेश गराउने प्रतिवद्धता व्यक्त गर्छु ।’


विश्व खबर 


















