images
images
  • विवादित एनआरएनए अमेरिकाको अध्यक्ष सुवेदी र लामिछानेबीच ६ बुँदे सहमति

    काठमाडौं- गैरआवासीय नेपाली संघ एनआरएनए अमेरिकाको विवाद अन्तत सहमतिमा अन्त्य भएको छ । संघका अध्यक्ष बुद्धी सुवेदी र कृष्ण लामिछानेबीच आइतवार ६ बुँदे सहमतिमा हस्ताक्षर गरेपछि विवाद समाप्त भएको हो ।

    सहमतिपत्रमा अध्यक्ष सुवेदी र लामिछानेले हस्ताक्षर गरेका छन भने साक्षीहरुमा आईसिसि महासचिव गौरीराज जोशी,हरीबोल भन्डारी,रामकुमार सुवेदी,कृष्णजीवी पन्तलगाएतले हस्ताक्षर गरेका छन । सहमतिपत्रमा केन्द्रीय एमआईएस प्रणाली मार्फत सदस्यता वितरण गर्ने, पंजीकृत सदस्य बनाउने प्रकृया तत्काल स्थगन गर्ने, विधान संशोधन गर्ने, सदस्यता शुद्धिकरण गर्ने, समितिहरु आवश्यक अनुसार समायोजन वा पुनर्गठन गर्ने, एकता अधिवेशन गर्ने लगायतका विषयमा सहमति जुटेको छ ।

    286319378 1409567942788708 834338255267306448 n

    एनआरएनए अमेरिकामा दुई पक्ष बिच भएको सहमतिपत्र : 

    285720889 1040820523494591 5121440329936685738 n

    286188263 1168186063945027 7388422577263111126 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images