काठमाडौं- सेयर बजार १७ महिना यताकै न्युन विन्दुमा आएसँगै लगानीकर्ताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। नेपाल पूँजी बजार लगानीकर्ता संघले बजारलाई प्रभाव पारिरहेका नियमहरू हटाउन ज्ञापन पत्र बुझाएका हुन्।
प्रधानमन्त्री देउवाले गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर बजार सुधार गर्न निर्देशन समेत दिएको संघकी अध्यक्ष राधा पोखरेलले जानकारी दिइन।
संघले हाल सेयर धितोमा लगाइएको एकल ग्राहक सीमा हटाउन, बैंकहरूलाई असारसम्म कायम गर्न भनिएको ९० प्रतिशत कर्जा र निक्षेप अनुपात नीतिलाई कडाई नगर्न भन्दै ज्ञापनपत्र बुझाएका हुन्।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















