images
images
  • इम्बोस्ड नम्बरप्लेटलाई कति लाग्छ खर्च ? दुई कार्यालयबाट पाईन्छ सेवा

    काठमाडौं- यातायात व्यवस्था विभागले साउनदेखि इम्बोस्ड नम्बरप्लेट नलगाएका साधनलाई कारवाही गर्ने सुचना प्रकाशित गरेसँगै आवेदन दिनेको संख्या बढेको यातायात कार्यालय एकान्नतकुनाले जनाएको छ ।

    बागमती प्रदेशको साना र ठूला सवारीसाधनको लागि यातायात ब्यवस्था विभागले एकान्तकुना यातायात कार्यालय ललितपुरलाई तोकेको छ भने, मोटरसाइकलको लागि गर्जुधारा कार्यालय तोकिएको छ । इम्बोस्ड नम्बर प्लेट लगाउने सेवाग्राही आफ्नो साधन अनुसार यी दुई मध्ये एक कार्यालयमा जानु पर्ने हुन्छ ।

    एकान्तकुना कार्यालयका कार्यालय प्रमुख सम्बर बहादुर कार्कीका अनुसार पछिल्लो दुई दिनदेखि आवेदन निको संख्या बढेको छ । यसअघि दैनिक २०/३० वटा आवेदन आउने गरेकोमा अब दैनिक ६०/७० वटा आवेदन आउन थालेका छन् ।

    अनलाइनमा आवेदन दिएपछि के गर्ने ?

    अहिले सबैले अनलाइन आवेदन दिन जानिसकेका छन् । यसरी अनलाइन आवेदन सकिएपछि ग्राहकले पिडिएफ फाइल पाउने छन् । त्यसलाई प्रिन्ट गरेर यातायात कार्यालयमा पठाउनु पर्छ । कार्यालयले भरिएको फर्म रुजु गरेर राजश्व दाखिला गर्न लगाउँछ ।

    आफुले भरेको प्रिन्ट बोकेर आएपछि यातायात कार्यालयले त्यसको प्रमाणित गर्ने व्यवस्था गरेको छ । यदि फारम भर्दा केही गल्ती भएका रहेछन् भने पनि त्यसलाई सच्याउन सकिन्छ । तर, यातायात कार्यालय जाँदा ब्यक्तिको नाममा सवारीसाधन छ भने ३ प्रति फोटो, बीलबुक र अनलाइन दर्ताको प्रिन्ट लिएर जानु पर्ने हुन्छ ।

    कार्यालयको नाममा भएको खण्डमा कार्यालयको छाप, बीलबुक र अनलाईन दर्ताको प्रिन्ट लिएर जानु पर्ने कार्कीले जानकारी दिए ।

    कुन सवारीसाधनलाई कति खर्च ?

    विभागले नम्बर प्लेटमा लाग्ने खर्च दुई पाङ्ग्रे, तीन पांग्रे, चार पाङ्ग्रे र ठुला सवारी साधन गरेर चार भागमा विभाजन गरेको छ । विभागका अनुसार दुई पाङ्ग्रे सवारी साधनका लागि २ हजार ५ सय रुपैयाँ लाग्ने छ ।

    तीन पाङ्ग्रे सवारी साधनले २ हजार ९ सय रुपैयाँ, चार पाङ्ग्रेका लागि ३ हजार २ सय र ठूला सवारीसाधनका लागि ३ हजार ६ सय रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images