images
images
  • नेता-कार्यकर्ताबाट वार्षिक एक सय रुपैयाँ उठाउने माओवादी केन्द्रको निर्णय

    काठमाडौं- नेकपा माओवादी केन्द्रले नेतादेखि कार्यकतासम्मबाट वार्षिक एक सय रुपैयाँ उठाउने निर्णय गरेको छ ।

    आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति बैठकले पार्टी सदस्यबाट वार्षिक एक सय लेवी उठाउने निर्णय गरेको पूर्व स्थायी समिति सदस्य हरिबोल गजुरेलले बताए ।

    पार्टी कार्यालय सञ्चालनदेखि पार्टीका महत्वपूर्ण इभेन्ट सञ्चालन गर्न वार्षिक एकसय रुपैयाँ उठाउने निर्णय गरेको हो । कुल ८ लाख पार्टी सदस्यबाट वार्षिक एक सय रुपैयाँ उठाएमा कुल ८ करोड रुपैयाँ जम्मा हुने भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images