images
images
  • नमस्ते पे वालेट मार्फत स्मार्ट क्यूआर मर्चेन्ट पेमेन्ट सेवा

    काठमाडौ-नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा संचालित नमस्ते पे वालेट मार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा संचालनमा आएको छ । सेवा संचालसंगै नमस्ते पे वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिदै आएका विभिन्न व्यापार व्यबसायीहरुलाइ भुक्तानी दिन सक्नेछन । यसका साथै अहिले सम्म पनि स्मार्ट क्यूआर सेवा नलिएका विभिन्न व्यापार व्यवसायीले नमस्ते पे वालेट मार्फत स्मार्ट क्यूआर सेवा पनि लिन सक्ने छन ।

    नमस्ते पे वालेट प्रयोग गरि स्मार्ट क्यूआर मार्फत गोल्ड स्टारका सोरुममा भुक्तानी गर्दा ३० प्रतिशत सम्म आकर्सक छुट प्राप्त गर्न सक्नेछन भने भबिस्य मा स्मार्ट क्यूआर भुक्तानी मा अझै धेरै आकर्षक अफरहरु छिटै नै आउने जानकारी समेत स्मार्ट क्यूआर नेटवर्क संचालक स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र नमस्ते पे वालेट संचालक नेपाल डिजिटल पेमेन्ट्स कम्पनिले संयुक्त रुपमा जानकारी गराएको पनि विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images