काठमाडौं । सरकारले प्रस्तुत गरेको बजेटमा प्रदेश सरकारको लागि १ खर्ब २९ अर्ब ४६ करोड ६ लाख रुपैयाँ अनुदान छुट्याइएको छ । सात वटै प्रदेश सरकार र स्थानीय तहलाई समानीकरण, विशेष, ससर्त र समपुरक अनुदान गरी ४ शीर्षकमा सरकारले बजेट छुट्याएको हो । प्रदेशतर्फ यो पटक सबैभन्दा धेरै बजेट बागमती प्रदेश र सबैभन्दा कम गण्डकी प्रदेशमा छुट्याइएको छ ।
प्रदेश १ : सरकारले प्रदेश १ मा १९ अर्ब ९ करोड ९१ लाख रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ । जसमा ९ अर्ब ८२ लाख समानीकरणतर्फ, ८ अर्ब ६९ करोड, ५९ लाख ससर्त अनुदान तर्फ, ४७ करोड ५० लाख विशेष अनुदान तर्फ, ९२ लाख समपुरक अनुदानतर्फ वित्तीय हस्तान्तरण गरिएको हो ।
मधेस प्रदेश : मधेस प्रदेश तर्फ १९ अर्ब १५ करोड ९ लाख रुपैयाँ हस्तान्तरण हुने भएको छ । जसमा ७ अर्ब, ८१ करोड ५८ लाख समानीकरण तर्फ, १० अर्ब ६ करोड ५१ लाख, विशेष अनुदान तर्फ,४९ करोड, र समपुरक अनुदान ७८ करोड रुपैयाँ हस्तान्तरण गरेको हो ।
बागमती प्रदेश : प्रस्तुत बजेटमा बागमती प्रदेशमा सबैभन्दा बढी बजेट छुट्याइएकोृ छ । यहाँ २० अर्ब ३२ करोड, ६६ लाख रकम हस्तान्तरण हुने देखिएको छ । यस प्रदेशमा ८ अर्ब ४० करोड ४६ लाख समानीकरण अनुदान, १० अर्ब ९ करोड २० लाख ससर्त अनुदान, ७९ करोड विशेष अनुदान, १ अर्ब ४ करोड समपुरक अनुदान छुट्याइएको छ ।
गण्डकी प्रदेश : सबैभन्दा कम बजेट अनुदान प्राप्त गरेको गण्डकी प्रदेशले १६ अर्ब ५४ करोड ३२ लाख रुपैयाँमा पाएको छ, जसमा ७ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ समानीकरण अनुदान, ससर्त अनुदान ६ अर्ब ९१ करोड ८३ लाख रुपैयाँ, ८६ करोड विशेष र ८३ करोड ३० लाख रुपैयाँ समपुरक अनुदान पाएको छ ।
लुम्बिनी प्रदेश : लुम्बिनी प्रदेशले समानीकरण अनुदान ८ अर्ब ५४ करोड १७ लाख रुपैयाँ, ससर्त अनुदान ८ अर्ब ७१ करोड २२ लाख रुपैयाँ, ३८ करोड ३५ लाख रुपैयाँ विशेष अनुदान र समपुरकमा ७३ करोड ९० लाख रुपैयाँ गरी १८ अर्ब ४७ करोड ६४ लाख प्राप्त गर्ने भएको छ ।
कर्णाली प्रदेश : कर्णाली प्रदेशमा समानीकरण अनुदान १० अर्ब ७२ करोड ६४ लाख रुपैयाँ, विशेष अनुदान ५ अर्ब ६९ करोड ६७ लाख रुपैयाँ, ६६ करोड ८० लाख र समपुरक तर्फ १ अर्ब २१ करोड ५० लाख रुपैयाँ गरी जम्मा १८ अर्ब ३० करोड ६१ लाख रुपैयाँ हस्तान्तरण भएको हो ।
बजेटमार्फत सुदुरपश्चिम प्रदेशमा १७ अर्ब ५५ करोड ८३ लाख रुपैयाँ वित्तीय हस्तान्तरण गरिएको छ । जसमा समानीकरण अनुदान तर्फ ९ अर्ब ७५ करोड रुपैयाँ रहेको छ भने, ससर्त अनुदान तर्फ ६ अर्ब ९८ करोड ८० लाख रुपैयाँ, विशेष अनुदान ९७ करोड ७८ लाख र समपुरकमा ७६ करोड ५० लाख रुपैयाँ बजेटले दिएको हो ।


विश्व खबर 



















